शिवसताक्षीमा श्रीमानद्धारा श्रीमतीको हत्या

ताजा समाचार हाम्रो झापा

झापा ।झापाको शिवसताक्षीमा घरेलु हतियार प्रयोग गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन्।
आज साँझ ६.३५ बजे भएको यो घटनामा श्रीमती ३० वर्षीय रन्जना गौतम अधिकारीको घटनास्थलमै मृत्यु भएको हो। उनका श्रीमान ४७ वर्षीय ओमप्रसाद अधिकारीले खुकुरी प्रयोग गरेर रन्जनाको हत्या गरेको छिमेकीले बताए ।
स्थानीय वडा नं ८ शिवालय टोलको यो घटना श्रीमान श्रीमतीबीच आन्तरिक कलहका कारण भएको हुन सक्ने छिमेकीले अनुमान गरेका छन्। प्रहरीले ओमप्रकाश अधिकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।
अधिकारी परिवारको अंश सम्बन्धीको विवाद केही वर्षदेखि चुलिँदै आएको थियो। पटकपटक गाउँलेले बसेर समाधान गर्ने प्रयास गरेका थिए । तर दीर्घकालीन समाधान हुन सकेन । अघिल्लो दिन समाजका अगाडि हुन्छ भनेको कुरा भोलिपल्ट छविलालले हुँदैन भन्ने गरेका थिए । यसै कारणले परिवारमा कलह सुरु भएको स्थानीयबासी बताउँछन्।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *