झापा/इलामको माई नगरपालिका–२ दानाबारीमा मोटर साइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने अन्य दुई घाईते भएका छन्।
मृत्यु हुनेमा माई–१० गधेनी भञ्ज्याङका २५ बर्षिय दिनेश सार्की रहेका छन् । शुक्रबार अपरान्ह ५ वजे शुक्रबारे वजारवाट सितली तर्फ जादै गर्दा उनीहरु सवार ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गरुवा खोलाको पुलमा ठोकिएको थियो।
पुलमा मोटरसाइकल ठोकिदा माई–१० गधेनी भञ्ज्याङका ३२ वर्षीय मोटर साइकल चालक विनोद लिम्बू र सोही स्थानका १६ बर्षिय रोशन लिम्बू घाईते भएका छन्। विनोद लिम्बूको अवस्था गम्भिर रहेको वताईएको छ।
घाईतेको उपचार वि एण्ड सी अस्पताल बिर्तामोडमा भईरहेको प्रहरी हवल्दार निरानन्द न्यौपानेले जानकारी दिनुभयो। घटना भए लगत्तै घटना स्थलमा आईपुगेका माई नगरपालिका प्रमुख खम्बा सिं लिम्बूले आफ्नो गाडीमा तीनै जना घाईतेलाई लगाएर वि एण्ड सी अस्पताल बिर्तामोड पुर्याएका थिए।
अस्पताल पुर्याएका सार्कीलाई अस्पतालले मृत घोषित गरेको थियो भने अन्य दुई जना घाईतेको उपचार भइरहेको वताइएको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



