झापा ।नेकपा एमालेका केन्द्रीय सदस्य रोमनाथ ओलीले झापा जिल्ला इन्चार्जको जिम्मेवारी पाएका छन् । काठमाण्डौमा बिहिबार बसेको एमाले सचिवालय बैठकले दमक नगरपालिकाका पूर्व मेयरसमेत रहेका ओलीलाई इन्चार्जको जिम्मेवारी दिएको हो ।
यसअघि एमाले झापाको इञ्चार्जका रुपमा पोलिटब्युरो सदस्य विशाल भट्टराई र अग्नी खरेलले पनि जिम्मेवारी सम्हालेका थिए । पार्टी अध्यक्ष ओलीको निर्वाचन क्षेत्र समेत झापा भएकाले यहाँको इञ्चार्जको जिम्मेवारीलाई एमाले वृत्तमा निक्कै महत्वसाथ हेरिन्छ ।यसैगरि, बैठकले मोरङको इन्चार्जमा पोलिटव्यूरो सदस्य जीवन घिमिरेलाई जिम्मेवारी दिएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



