देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक

ताजा समाचार स्वास्थ्य

झापा/देशभर डेंगी संक्रमितको संख्या दुई हजारनजिक पुगेको छ । सन् २०२४ जनवरीयता जुलाई २६ सम्म एक हजार ९५५ जनामा संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले जनाएको छ ।

यीमध्ये जुलाईका २६ दिनमा ४६८ संक्रमित थपिएका हुन् । यो वर्ष (सन् २०२४) मा डेंगी संक्रमण ७३ जिल्लामा फैलिएको छ ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै ६२६ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै २२६ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२९, चितवनमा १०२, तनहुँमा ७९, मकवानपुरमा ७५, कास्कीमा ६७, भोजपुरमा ६०, ओखलढुंगामा ५८, धनकुटामा ५८, काभ्रेमा ५५ जनामा डेंगी पुष्टि भएको छ ।

यीबाहेक अरू जिल्लामा संक्रमितको संख्या ५० भन्दा कम छ । मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा डेंगी देखिएको ईडीसीडीले जनाएको छ । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *