जिनीयस निरौला
प्रिय मनसुन,
मेरी मनकी रानी मनसुन
हृदय भरिको माया अनि सम्झना
रिमझिम रिमझिम वर्षामा पनि
केवल सम्झना तिम्रो ।
सम्झना केवल यो मेरो हृदयको
जुन तिम्रो स्वर
सुन्न नपाउँदा छटपटिन्छ
सम्झना केवल यो मध्यरातसम्म तिम्रो श्वास सुन्ने पर्खाइको
सम्झना केवल त्यो
तिमी ब्युझिँनुअघि बिहानीको मेरो म्यासेजको
सम्झना केवल त्यो तिम्रो बिहानीको म्यासेज रिप्लाईको
सम्झना केवल त्यो तिम्रो रिप्लाई
जसलाई देखेर मुस्कुराउने त्यो मेरो हृदयको
सम्झना केवल त्यो तिम्रो झुम्काको,
जसलाई देखेर मेरो मन बतासिन्छ
सम्झना केवल त्यो बिहान र बेलुकीमा हुने
तिम्रो पर्खाइको ।
सम्झना त्यो झरीको वर्षात्मा
तिमीले मलाई दिएको कोमल स्पर्शको ।
सम्झना केवल त्यो,
तिमी रिसाए पनि मेरो स्पन्दन सुन्दै नबोली निदाएको ।
प्रिय मनसुन, सम्झना हर पल, हर क्षण
त्यो तिम्रो हँसिलो मुहारको ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



