झापामा चोरीका घटनामा संलग्न ६ जना पक्राउ

ताजा समाचार हाम्रो झापा


बिर्तामोड । झापाका विभिन्न ठाउँमा चोरी गर्ने ६ जनाको एक गिरोह पक्राउ परेको छ । पक्राउ पर्नेहरुमध्ये मुख्य प्रतिवादी कमल गाउँपालिका वडा नम्बर ३ बस्ने २२ वर्षीय सुस्मन थापा रहेका छन् ।
त्यस्तै, चोरीको सुनको औँठी बिक्री गर्ने कार्यमा संलग्न २७ वर्षीय कृष्ण थापा, सुनको औँठी खरिद गर्ने पाथिभरा बराइली ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा, सुनको औँठी खरिद गर्ने प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक मेचीनगर १० बस्ने ४० वर्षीय सुरेशकुमार दास र अर्जुनधारा ११ गिरीबन्धु टि इस्टेटमा काम गर्ने सोही बगानको क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी पक्राउ परेका छन् ।
राजवंशीले चोरीको सुनको औँठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गरेका थिए । थापा, विश्वकर्मा र बराइली कमल ३ मा बस्दै आएका थिए ।इलाम रोङ ५ स्थायी ठेगाना भई हाल अर्जुनधारा ११ बस्ने ३६ वर्षीया दुर्गादेवी श्रेष्ठको घरमा र अर्जुनधारा ११ स्टाफचोक बस्ने ५१ वर्षीया उमा श्रेष्ठको घरमा गत जेठ १८ गते चोरी भएको थियो ।
बिर्तामोड ५ नयाँ नमुना टोल बस्ने ३५ वर्षीया गंगा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो । ती घटनाको सूचना इलाका प्रहरी कार्यालय बिर्तामोडमा प्राप्त भएपछि सो कार्यालयबाट खटिएको प्रहरी टोलीले चोरीमा संलग्न गिरोहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताए ।
असार १७ गते चोरीका सामानहरुसहित ६ जनालाई नियन्त्रणमा लिई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको डिएसपी चन्दले जानकारी दिए ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *