झापामा चट्याङ लागेर एकैदिन तीनजनाको मृत्यु

Share


११ असार,दमक ।झापामा तीनवटा पालकिामा चट्याङ लागेर एकै दिन तीनजनाको मृत्यु भएको छ ।
मंगलबार बिहान चट्याङ लागेर कमल गाउँपालिका–२ का ४६ वर्षीय राजन खड्का, गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षीय विकास गिरी र झापा गाउँपालिका वडा नम्बर ४ लोसाकी बस्ने ५० वर्षीय मन्जुर आलमको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार खनजोत गर्न खेततर्फ जाने क्रममा चट्याङ लागेर खड्का घाइते भएका थिए । उपचारार्थ उनलाई दमकस्थित आम्दा अस्पतालमा पु¥याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
गिरीलाई भने स्थानीय सीताराम दाहालका खेतमा धानको बीउ छर्न गएका बेला चट्याङ लागेको थियो । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, आज बिहान ९ बजे आफ्नो खेतमा आली लगाउँदै गरेका आलमको चट्याङले लागेर घटनास्थलमै मृत्युु भएको आफन्तले जनाएका छन् ।

ताजा समाचार