कोशीमा मुख्यमन्त्री कार्कीलाइृ विश्वासको मत प्राप्त

ताजा समाचार राजनीति


झापा ।


कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाइृ विश्वासको मत प्राप्त भएको छ । २६ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले नियुक्तिको छैटौँ दिन सोमबार विश्वासको मत प्राप्त भएको हो । उनको पक्षमा ५७ मत परेको छ भने विपक्षमा कुनै पनि परेको छैन।

विश्वासको मतका लागि सरकारको सिफारिसमा कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा बैठक आह्वान गरेका थिए।

संविधानको धारा १६८ ९५० बमोजिम मुख्यमन्त्री भएका कार्की तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्री बनेका हुन्। केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै अल्पमतमा परेका पूर्वमुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पनि नलिने र राजीनामा पनि नदिने रणनीति बनाएपछि प्रदेश प्रमुख खापुङले उनलाई अपदस्थ गरी हिक्मतलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

एमाले संसदीय दलका नेता कार्की एमालेका ३९ र माओवादीका १३ सहित ५२ सांसदले हस्ताक्षरपछि उनी मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मत लिएपछि चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने उनले बताए। मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताउँदै आएका छन्। ९२ सदस्यीय रहेको प्रदेश सभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *