एमाले कमल गाउँ कमिटीको अध्यक्षमा ढकाल चयन

ताजा समाचार राजनीति हाम्रो झापा

झापा ।
नेकपा एमाले कमल गाउँ कमिटीको दोस्रो अधिवेशनले हरि ढकाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।कमल ५ स्थित रोड स्टार पार्टी प्यालेसमा आज सम्पन्न अधिवेशनले ढकालको अध्यक्षतामा नयाँ गाउँकमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा अकल बहादुर गुरुङ सर्वसम्मत चयन भएका हुन् । अध्यक्ष र उपाध्यक्षमा सर्वसम्मत चयन भएको थियो भने सचिव र उपसचिव पदमा भने निर्वाचन भएको थियो ।
सचिवमा बीरेन्द्र अधिकारी,उपसचिवहरुमा भीम प्रसाद चापागाई र हिमादेवी नेपाली चुनिएको अधिवेशनमा सहभागी एमाले जिल्ला कमिटी सदस्य दिपक खड्काले जानकारी दिए । युवा,दलित,महिला लगायतका कलस्टर सहित ७५ सदस्यीय गाउँ कमिटी चयन भएको निर्वाचन कमिटीले जनाएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *