मोरङको बुढीगंगामा यात्रुवाहक बस पल्टियो, १८ यात्रु घाइते

ताजा समाचार


झापा ।
मोरङको बुढीगंगामा मंगलबार बस पल्टिएर दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । सिराहादेखि विराटनगरतर्फ आइरहेको बस बुढीगंगा(३ बाँसबारी चोकमा पल्टिएर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय मोरङले जनाएको छ ।
दुर्घटनामा परी १८ जना घाइते भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले जानकारी दिनुभएको हो । सिराहाबाट यात्रु लिएर विराटनगर आउँदै गरेको बसको अगाडि अचानक मोटरसाइकल आएपछि बचाउन खोज्दा दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।

घाइतेहरुको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको शरीरका विभिन्न भागमा चोट लागे पनि खतरामुक्त रहेको जनाइएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *