शीर्ष नेताहरूसँगको छलफल उपयोगी :सभामुख घिमिरे

ताजा समाचार राजनीति

झापा/सभामुख देवराज घिमिरेले कुनै रोकटोकविना सदन चल्ने बताएका छन् । उनले मंगलबारको बैठकले सदन चलाउन महत्त्वपूर्ण आधार बनेको दाबी गरेका छन् ।

विभिन्न दलका शीर्ष नेताहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै घिमिरेले आजको छलफल र उपयोगी भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘आजको बसाइबाट सदन रोकटोकबिना लैजान महत्त्वपूर्ण आधार बनेको छ । दलहरू समस्या समाधानमा निष्कर्ष निकालेर अगाडि बढ्ने अपेक्षा छ।’उनले यसो भने पनि कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि निरन्तर संसदीय समिति बनाउनुपर्ने माग राखेको छ । संसदीय समिति नबनेसम्म सदन सुचारु हुन नदिने पक्षमा कांग्रेस छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *