झापा /झापाको शिवसताक्षीमा करेन्ट लागेर गम्भीर घाइते भएका एकजना बालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो शिवसताक्षी–७ का सुनिल राजवंशीका १८ महिने छोरालाई करेन्ट लागेपछि उपचारका लागि बिर्तासिटी हस्पिटल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
दिउँसो १२ बजे पानी तान्ने मोटर चलिरहेको ठाउँमा खेल्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्णकुमार चन्दका अनुसार बालकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



