७ बैसाख,झापा
इलाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ ।
इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने इलाम नगरपालिका-८ स्थित महभीर टोलमा करेन्ट लागेको थियो ।
घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



