नेपाली नयाँ वर्ष २०८१ लाई स्वागत गर्न तयार छौं – सनातन समाज अष्ट्रेलिया

Share

सनातन समाज अष्ट्रेलियाले यही आउँदो अप्रिल १३ तारिक, शनिबारको दिन दिउसो २ बजेदेखि १० बजेसम्म नेपाली नयाँ वर्ष २०८१ को अवसर पारेर विभिन्न सांस्कृतिक कार्यक्रम, Celebration With Fireworks, लगायत  Cultural Dance , Dj, Foodstall क्यानबेराको Lennox Garden Yarralumla मा आयोजना गर्ने भएको छ। हरेक वर्ष नेपाली नयाँ वर्षको अवसर पारेर यस्ता खाल्का कार्यक्रम आयोजना गरिदै आएको र यो वर्ष पनि अझै भब्य रूपमा कार्यक्रम आयोजना गरिन लागिएको सनातन समाजका सचिव बासु चापागाईं बताउनु हुन्छ। नेपाली कला, संस्कृति र सनातन धर्मको प्रोत्साहन अनि सबै सनातनीहरू एकै ठाउँमा ल्याउने उद्देश्यले सनातन समाजको अवधारणा शुरुवात भएकोले यसमा हातमा हात मिलाई सबै जना एकजुट भई नेपाली नयाँ वर्ष मनाउनलाई Lennox Garden Yarralumla   मा उपस्थित भईदिनुहुन अनुरोध पनि गरिएको छ। नेपाली संस्कृति अनि कला र परम्परा अन्य हिन्दु संस्कृती भन्दा अलिकति फरक हुने भएकाले नेपाली सम्प्रदायको निम्ति एउटा पशुपतिनाथको मन्दिर क्यानबेरामा हुनैपर्ने जरुरी देखिए पछि निरन्तर लागिपरेको  र नेपाली नयाँ वर्षमा सहभागी भइ हातेमालो गरिदिनु हुन आयोजक सनातन समाजले सम्पूर्णमा अनुरोध पनि गरेको छ।

उक्त कार्यक्रममा A.C.T Chief Minister Mr Andrew Barr, MP David  Smith, MLA Michael Patterson, Opposition Leader ACT Elizabeth Lee लगायत विशिष्ट व्याक्तीहरूको उपस्थिति रहने छ। बिस्तारै नेपाली समुदाय अष्ट्रेलिया भर नै बढ्दै गएको तर नेपाली समुदायहरूलाई अंग्रेजी नयाँ वर्ष थाहा हुने यद्यपि नेपाली नयाँ वर्षको अत्तोपत्तो  नहुने भएकाले नेपाली नयाँ वर्ष लाई बिर्सिन नदिनलाई उक्त  कार्यक्रम आयोजना गरिएको सनातन समाजका प्रेसिडेन्ट सन्तोष मल्ल  बताउनु हुन्छ। यसै गरि सनातन समाज अष्ट्रेलियाले सन्तान धर्म मान्ने सबैको लागि आफ्नो धर्म अनुसारको रीतिथिती , आफ्नै परम्परा अनुसार पिण्ड दान, अष्तु सेलाउने,  ढिकुरो लगाएतका मृत्यु संस्कार बिना कुनै बाधा अड्चनका साथ गर्न पाउने गरी अस्ट्रेलियन सरकारबाट अनुमती पनि लिईसकेको छ। कार्यक्रमको Title Sponser को  रूपमा Success Education & Visa Services रहेको छ भने Gold Sponser मा Australian National Education, Silver Sponser मा  GoodWin, JB Visa & Migration Service र  Media Partner को रूपमा Avyukt Media(अव्युक्त मिडिया ) रहेको छ।

ताजा समाचार