एमालेलाई इलाम दिएर बझाङ लिँदै माओवादी

Share

झापा-इलाम क्षेत्र नं २ मा आसन्न उपनिर्वाचनमा माओवादी केन्द्रले उम्मेदवारी नदिने भएको छ । सत्ताधारी दल माओवादी केन्द्र र नेकपा एमालेले सहमती गरेर इलाममा उम्मेदवारी नदिने भएको हो । इलामबाट उम्मेदवारको रुपमा सिफारिस भएका माओवादीका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणले इलाम नेकपा एमालेलाई छाडेर बझाङको प्रदेशसभा माओवादीले पाउने भएको जनाए ।

यसअघि माओवादी केन्द्र इलामले एकल रुपमा धिरेन्द्र शर्मालाई उम्मेदवारको रुपमा सिफारिस गरेको थियो । शर्मा उम्मेदवार सिफारिस भएपछि माओवादी केन्द्रले वडा स्तरमा छलफल सुरु गरिसकेको थियो । माओवादी केन्द्रले गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा इलाम क्षेत्र नं २ मा समानुपातिक तर्फ ५ हजार १ सय ५३ मत पाएको थियो ।

इलाम–२ मा माओवादी र एमालेको साझा उम्मेदवारको रुपमा सुहाङ नेम्वाङ उम्मेदवार रहनेछन् ।

ताजा समाचार