इलाम–२ मा माओवादी केन्द्रबाट ४ जनाको नाम सिफारिस

ताजा समाचार देश निर्वाचन राजनीति

झापा —नेकपा माओवादी केन्द्र इलामले आगामी बैशाख १५ गते हुने संघीय उपनिर्वाचनमा ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । माओवादी केन्द्र प्रदेश समितिले  केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमण, प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश सदस्य ओम गुरुङ र अनिल बराइलीको नाम सिफारिस  गरेको हो ।

उपनिर्वाचनका लागि हालसम्म एमालेले उम्मेदवार घोषणा गरेको छ । त्यसैगरी पहिचानवादीहरुको साझा उम्मेदवारको रुपमा डकेन्द्र सिंह थेगिम, सीके राउतको राष्ट्रिय जनमत पार्टीबाट प्रेमदिप थाम्सुहाङ र स्वतन्त्र रुपमा मिलन लिम्बुले उम्मेदवारी घोषणा गरेका छन् । स्वतन्त्रको रुपमा उम्मेदवारी दिएपनि लिम्बु राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने चर्चा छ ।

त्यसैगरी नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र राप्रपाले उम्मेदवार सिफारिस गरेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *