छैटौं झापा गोल्डकपको उपाधि चर्च ब्वाइज युनाइटेडले चुम्यो

Share

दमक — एफसिले चुमेको छ । आज सम्पन्न फाईनल खेलमा एपीएफ एफसिलाई ३–० गोल अन्तरले हराउदै उपाधि चुमेको हो ।
पहिलो हाफको ११ औं मिनेटमा चर्च ब्वाइजका जर्सि नम्बर ३२ का अवयोमि ओलुवासिओन फाकुन्लेले खेलको ११ औं र ६६ औं मिनेटमा गोल गर्दै टिमलाई जित नजिक पुर्याएका थिए । खेलको ८७ औं मिनेटमा चर्च ब्वाइजका जर्सि नम्बर ९ का राजेश परियारले गोल गर्दै टिमलाई जित दिलाएका थिए
१८ औं मिनेटमा एपीएफका जर्सि नम्बर ११ का अनिश महर्जनले बराबरी गोल गर्ने मौका पाए पनि चुकेका थिए ।
झापाको बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाईनल खेलमा यसअघिका पाँच संस्करणमा सहभागी भएको एपीएफ एफसी फाइनल जित्न चुकेको छ ।
सहिद स्मारक ए डिभिजन लिग बिजेता चर्च ब्वाइज युनाइटेड भने पहिलो पटक सहभागी भएको प्रतियोगितामा नै उपाधि चुम्न सफल भएको हो ।
झापा गोल्डकपको बिजेता चर्च ब्वाइजले १३ लाख रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । भने उपबिजेताले एपिएफले सात लाख रुपैयाँमा चित्त बुझाएको छ ।

ताजा समाचार