ईलाम २ उपनिर्बाचन : उम्मेद्धारका लागि सुबासपुत्रको निबेदन पेश

ताजा समाचार राजनीति

झापा — इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङले पार्टीमा निवेदन दिएका छन् ।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन् ।

आगामी चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले यसअघि नै कार्यदल गठन गरेको थियो । उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेकोमा कार्यादयलमा निवेदन परेको हो ।

कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य तथा सदस्यहरुमा मुखराज आङ्देम्बे र दीपकिशोर लिङ्दम छन् । कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने समय तोकिएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *