विश्वकप लिग–२ः नेदरल्यान्ड्ससँग नेपाल ८ विकेटले पराजित

खेलकुद

झापा — विश्वकप लिग–२ अन्तर्गत जारी घरेलु सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित भएको छ। नेपालले दिएको १ सय ७३ रनको लक्ष्य डच टोलीले ७३ बल बाँकी हुँदै २ विकेट गुमाएर पूरा गर्‍यो।

जितसँगै नेदरल्यान्ड्सले सिरिजमा २ जित सहित दोस्रो स्थानमा रह्यो। नेपालले भने ४ खेलमा एक मात्र जित हासिल गर्‍यो। नामिबियाले ४ मध्ये तीन खेलमा जित निकालेर शीर्ष स्थानमा रह्यो।

टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले ४९।३ ओभरमा अलआउट हुँदै १ सय ७२ रन बनाएको थियो। जवाफमा नेदरल्यान्ड्सले सहज रुपमा लक्ष्य पूरा गर्‍यो। नेदरल्यान्ड्सको जितमा विक्रम जित सिहंहले ५८ रनको अर्धशतकीय इनिङ खेल्दा सुब्र्यान्ड इनगेलब्रेचले ४६ रनको नटआउट इनिङ खेले। त्यस्तै म्याक्स ओड्वाडले २८ रन बनाउँदा मिचेल लेभिटले ३९ रन बनाएका थिए। नेपालका लागि ललित राजवंशी र दिपेन्द्र सिंह ऐरीले समान १–१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर कुशल भुर्तेलले ६६ रनको अर्धशतकीय इनिङ खेल्नु बाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन। तर पछिल्लो क्रममा क्रिजमा आएका करण केसी र आरिफ शेखले टोलीलाई केही समाल्दा तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक स्कोर बनाउन सफल भयो। करणले २६ रन बनाउँदा आरिफले २२ रन बनाए।

भुर्तेलले आफ्नो करिअरको आठौं अर्धशतक प्रहार गर्दा ९३ बलमा ६६ रन बनाए। उनले ८ चौका प्रहार गरेका थिए। उनी बाहेक आसिफ शेखले १७ रन बनाउँदा कप्तान रोहित पौडेलले १६ रन बनाए।

अनिल साहा ७ रनमा आउट हुँदा कुशल मल्ल २ रनमा आउट भए। त्यस्तै दीपेन्द्रसिंह ऐरी १ रनमा रनआउट हुँदा भिम सार्की शुन्य रनमा पेभिलियन फर्किए। त्यस्तै गुल्सन झा ५ रनमा आउट भएका थिए।

नेदरल्यान्ड्सका लागि भिभियन किङ्गमा र आर्यान दतले समान ३९३ विकेट लिंदा बास डि लिडले २ विकेट लिए। त्यस्तै रोएलफ भान डेर मर्युले १ विकेट हात पारे।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *