अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेशनल मल्टीकल्चरल फेस्टिभल, गायक प्रकाश सपुतको विशेष प्रस्तुती

Share

फाल्गुन ३, बिहिबार, अस्ट्रेलिया

ACT Government को आयोजनामा यही Feb 16 तरिक शुक्रवारदेखि Feb 17 तरिक शनिबारसम्म नेशनल मल्टीकल्चरल फेस्टिभल आयोजना गरिने भएको छ । अस्ट्रेलिया भरि रहेका विभिन्न संस्कृति, कला र सम्प्रदायको प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष नेशनल मल्टीकल्चरल फेस्टिभल क्यानबेरा आयोजना गरिने गरिन्छ ।
क्यानबेरामा हुन गैरहेको नेशनल मल्टीकल्चरल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्दै ANFS (Australia Nepal Friendship Society) र Hamro Pathsala Canberra ले विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्ने भएको छ । जसमामा स्ट्रीट फुड अफ नेपाल अन्तर्गत City Walk, Akuna Street, Canberra मा नेपालीहरूको खाना म:म, सेल रोटी, पानीपुरी लगायत विभिन्न परिकारहरूको स्वाद पाउने गरी फुड स्टल संचालन गरिने छ ।


विशुद्ध नेपाली कला, संस्कृति, भेषभूषा र नेपाली पनलाई विश्वभरी चिनाउन सकिने उद्देश्यले यस्तो खालको कार्यक्रम आयोजना गरिएको ANFS का प्रेसिडेन्ट आशिष देवकोटा बताउनु हुन्छ । स्ट्रीट फुड अफ नेपाल नाम दिएर संचालन गर्न लागिएको फुड स्टलबाट उठेको रकम भने क्यानबेरामा संचालन भएको Nepali Language School Hamro Pathsala को इस्तर उन्नतिका लागी प्रयोग गरिने भएको छ ।
त्यसैगरी Feb 17 तारिक शनिबार मिनी नेपाल इन क्यानबेरा अन्तर्गत बेलुका ३ः३० बजे देखि ५ः३० बजेसम्म परेड आयोजना गरिने छ, भने बेलुकी ६ बजे देखि १० बजेसम्म Glebe Stage मा नेपाली कला संस्कृतिलाई झल्काउने गरी विभिन्न कार्यक्रम आयोजना गरिने भएको छ । मिनी नेपाल इन क्यानबेराको मुख्य आकर्षणको रूपमा भने नेपालमा चर्चित गायक प्रकाश सपुत रहनेछन् । प्रकाशको विशेष प्रस्तुती र उनका चर्चित गीतहरू गलबन्दी, सकम्बरी, दोहोरी बैटलले Glebe Stage तत्ने छ ।


प्रकाश सपुतको उपस्थितिले अन्तर्राष्ट्रिय स्तरमा नेपाली कला संस्कृति, गीत संगीतको प्रबर्दन हुने आकंलन पनि गरिएको छ । अस्ट्रेलिया भरि छरिएर बस्नुभएका सबैलाई उक्त कार्यक्रममा उपस्थित भई नेशनल मल्टीकल्चरल फेस्टिभललाई सफल पार्न अनुरोध पनि गरिएको छ । मिनी नेपाल इन क्यानबेराको सपोटिङमा सस्थाँको रुपमा Sanatan Samaj Australia, Hamro Pathsala, NRNA Australia,Tamu Samaj Canberra, FENCAA, Tamang Ghedung Canberra, Madeshi Society Canberra, CMC FM 91.9 र Guthi Canberra रहेको छ ।

ताजा समाचार