एमाले झापाको ११ औ अबिधेशन २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय 

राजनीति हाम्रो झापा

झापा/ नेकपा एमाले झापाको ११ औं जिल्ला अबिधेशन २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ । 
माघ २३ र २४ गते भएको बैठकले सो निर्णय गरेको एमाले जिल्ला प्रचार विभाग प्रमुख गोपाल काफ्लेले बताउनु भएको हो । फागुन महिनामा गर्ने गरी निर्धारण गरिएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अबिधेशन स्थगित गर्न निर्देशन दिने बैठकले निर्णय गरेको छ । २०८० चैत मसान्तसम्मका पार्टी सदस्य नै सो अबिधेशनमा सहभागी हुन पाउने माथिल्लो कमिटीले निर्णय गरेको सो बैठकमा जनाइएको प्रचार प्रमुख काफ्लेले जानकारी दिनुभयो । जेठ १५ गतेसम्ममा पालिकाका कमिटीको अबिधेशन गर्ने र जेठ मसान्तसम्ममा वडा कमिटी अबिधेशन गर्ने तालिका बनाउन मातहत कमिटीलाई निर्देशन दिने निर्णय भएको जिल्ला सचिव शिव ढुङ्गेलले जानकारी दिनुभयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *