छठ पर्वको मुख्य दिन आज, सूर्यलाई अर्घ्य दिइँदै

झापा ।छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डव विराट […]

Continue Reading

अमेरिकाको राष्ट्रपतिमा डोनल्ड ट्रम्प विजयी

वासिङटन डिसी ।अमेरिकाको ४७ औं राष्ट्रपतिमा डनल्ड ट्रम्प निर्वाचित हुनुभएको छ । अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प निर्वाचित हुनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले प्रक्षेपण गरेका छन् ।ट्रम्पले डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।उहाँ अमेरिकाको राष्ट्रपतिमा दोस्रो पटक विजयी हुनुभएको हो । बीबीसीका […]

Continue Reading

छठको दोस्रो दिन आज ‘खरना’-पूर्ण व्रत सुरु गर्दै व्रतालु

झापा ।छठको दोस्रो दिन बुधबार व्रतालु ‘खरना’ विधिको तयारीमा छन्। यो दिन बिहानै पवित्र स्नान गरी दिनभरि निराहार उपवास बसेर राति सक्खरमा पकाइएको खिर कुलदेवता र छठी देवीलाई चढाइ व्रतालुले खाने परम्परा छ। यही विधिलाई खरना भनिन्छ। खरनाका दिन दिनभरि उपवास बसेर बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र माटाकै भाँडामा सक्खर, दूध र […]

Continue Reading

छठ पर्ब आजदेखि बिधिवत शुरु

झापा ।मिथिलाञ्चलसहित मधेशमा छठ उत्सव शुरु भएको छ। व्रतअन्तर्गत पहिलो दिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने विधि गर्छन्। दोस्रो दिन बुधबार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर्नेछन् र राति अरवा अरबाईन (नुन नहालेको) खानेकुरा खाने चलन छ। षष्ठीका दिन अर्थात् बिहीबार […]

Continue Reading

तिहारको मुख्य दिन आज भाइटीका : ११ बजेर ३७ मिनेटको समय उत्तम

झापा /यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटीका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । यसरी पूजा गरी टिका लगाउनाले सौभाग्य र ऐश्वर्य प्राप्त हुने […]

Continue Reading

आज गाईको पूजाआजा गरी मनाइँदै

झापा /कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान […]

Continue Reading

भाइ मसलाको मूल्य ३० प्रतिशतले बढ्यो

झापा ।यस वर्ष तिहारमा भाइ मसलाको मूल्य करिब ३० प्रतिशतले वृद्धि भएको छ । काठमाडौंको असनमा वर्षौँदेखि भाइ मसलाको व्यापार गर्दै आएका व्यापारी र खरिदका लागि पुगेका ग्राहकहरूले गत वर्ष भन्दा यस वर्ष भाइ मसलाको मूल्य बढेको बताएका हुन् ।गत असोज ११, १२ र १३ गते आएको बाढी र पहिरोले पनि यस वर्ष भाईमसलाको मूल्य […]

Continue Reading

आज तिहारको कुनै पर्व छैन : नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको छ । औँसीसहित कार्तिक शुक्ल प्रतिपदा भएका दिन गरिने गाई पूजा शनिबार परेको पनि समितिले तिहारका सम्बन्धमा जारी गरेको […]

Continue Reading