एमाले शिवसताक्षीको अध्यक्षमा मेदनी दंगाल निर्वाचित

झापा । कम्युनिस्ट आन्दोलनको उर्वरभूमि झापाको शिवसताक्षीमा नेकपा एमालेको नेतृत्व परिवर्तन भएको छ ।नेतृत्व परिवर्तनसँगै नेकपा एमालेको राजनीतिक गतिविधि पनि परिवर्तन हुने आम कार्यकर्ताले बताएका छन् । विद्यमान चुनौतीलाई सामना गर्न र नेतृत्वलाई सक्षम, सवल, पार्टीको विधि र पद्धती अनुसार चलायमान गर्न आम कार्यकर्ताले परिवर्तनशील नयाँ नेतृत्व खोजी गरेका थिए । । नेतृत्व परिवर्तनका लागि […]

Continue Reading

एमाले दमक नगरको अध्यक्षमा राम पौडेल विजयी

दमक -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमक नगर कमिटीको अध्यक्षमा राम पौडेल विजयी हुनु भएको छ ।पाँचजना प्रत्यासीका बीच भएको निर्वाचनमा पौडेलले १६५ मत ल्याएर विजयी हुनु भएको हो । पौडेलका प्रतिष्पर्धीहरु भगवान बस्नेतले ७७,युवराज घिमिरेले ७५ र सन्तोष दुलालले ३२ मत प्राप्त गरेको छन् ।यसैगरी उपाध्यक्षमा उर्मिला ओलीले १८३ मत ल्याएर […]

Continue Reading

झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु

झापा ।झापामा अत्यधिक गर्मीका कारण दुईजनाको मृत्यु भएको छ । मेचीनगरमा सडकमा हिँड्दाहिँड्दै एक जना पैदल यात्रीको मृत्यु भएको छ । आज अपराह्न ५स्३० बजेतिर मेचीनगर–९ का ७४ वर्षका नरबहादुर श्रेष्ठ मेचीनगरको धुलाबारीस्थित टिमाई पुल छेउमा लडिरहेको अवस्थामा भेटिएका थिए । मेचीनगर ९ का वडा सदस्य धनबहादुर श्रेष्ठका पिता नरबहादुरलाई स्थानीयले अचेत अवस्थामा देखेर उपचारका […]

Continue Reading

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

झापा ।नागरिकता दुरुपयोग गरेको भन्दै उजुरी परेपछि पक्राउ परेका कान्तिपुर मिडिया ग्रूपका अध्यक्ष कैलाश सिरोहियालाई धनुषा जिल्ला अदालतले थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। काठमाण्डूबाट मङ्गलवार नियन्त्रणमा लिइएका सिरोहियालाई शुक्रवार दोस्रो पटक म्याद थपका लागि अदालतमा पेस गरिएको थियो। अदालत लैजानुअघि जिल्ला सरकारी वकिलको कार्यालयमा सिरोहियासँग बयान लिइएको थियो। बयानका […]

Continue Reading

ईलाममा डुबेर दुई बालकको मृत्यु, तीनजनाको उद्धार

ईलामा । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माई–८ का ११ वर्षीय मिङसुहाङ लिम्बू र सोही स्थानका आठ वर्षीय किस्मन आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ । लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा […]

Continue Reading
केपी शर्मा ओली

एमाले अध्यक्ष ओलीको तर्क — सिरोहियालाई समाचारको विषयमा पक्राउ गरिएको होइन

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया गुप्रका अध्यक्ष कैलाश सिरोहियालाई समाचारको विषयमा पक्राउ नगरिएको जवाफ दिएका छन् ।झापा–५ अन्तर्गत एमाले दमक नगर कमिटीको दोस्रो नगर अधिवेशनलाई बिहीबार उद्घाटनका क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले यस्तो बताएका छन् ।‘जस्तो ह्यु एण्ड क्राई भन्छन् नि ! त्यही भइराखेको छ । त्यसो गर्नुपर्ने जस्तो विषय लाग्दैन मलाई […]

Continue Reading

ओलीको निर्देशन -आपसमा चुनाव लडिरहनुपर्ने केही पनि छैन, एकता गर्नुस्

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनमा पार्टीका नेताहरुबीच आन्तरिक प्रतिस्पर्धा नगर्न सुझाव दिएका छन्।झापाको दमक नगर कमिटी दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै पार्टीभित्रको आन्तरिक एकतामा जोड दिन नेता कार्यकर्तालाई निर्देशन दिए। उनले भने, ‘आपसमा चुनाव लडिरहनुपर्ने केही पनि छैन। एकता गर्नुस्। लड्ने त विपक्षसँग हो। विपक्षसँग लडौँला भिडौँला त्यसका लागि आन्तरिक पार्टीभित्र एकता […]

Continue Reading

एमाले सुनसरी अध्यक्षमा निलम खनाल निर्वाचित

सुनसरी । नेकपा एमाले सुनसरीको अध्यक्षमा निलम खनाल निर्वाचित भएका छन् । आठौँ जिल्ला अधिवेशन अन्तर्गत बुधवार साँझ सम्पन्न अन्तिम मतपरिणामा खनाल ३ सय ८३ मत ल्याएर निर्वाचित भएका हुन ।खनालले निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेललाई ९६ मतले पराजित गरेका छन् । पोखरेलले २ सय ८७ मत मात्र ल्याए । उपाध्यक्षमा पर्शुराम यादवले ३ सय ३२ […]

Continue Reading

आज २५६८ औँ बुद्ध जयन्ती, बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै

झापा ।शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरण स्वरुप यो पर्व मनाउने गरिएको हो । […]

Continue Reading

पूर्बप्रधानमन्त्री ओलीले गरे एसियान हाईवेको शिलन्यास

झापा ।पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्षकेपी शर्मा ओलीले आज एक समारोहबीच एसियाली राजमार्गमा पर्ने काँकडभिट्टा–लौकही सडकखण्डको स्तरोन्नति कार्यको शिलान्यास गरेका छन् । कमल गाउँपालिका–५ स्थित पाडाजुँगी चोकमा सडक विभागद्वारा आयोजित शिलान्यास कार्यक्रममा उनले विदेशमा जस्तै चार लेनका चिल्ला र ठूला राजमार्ग अब नेपालमै देख्न पाइने बताए । उनले एसियाली राजमार्गको निर्माणले नेपालको पूर्वाधार विकासमा नयाँ […]

Continue Reading