आज देशका पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

झापा/हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ। जस कारण देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। सोमबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी, बागमती र […]

Continue Reading

सहकारीमा चोरी गर्ने गिरोह समातियो, सार्वजनिक गर्ने तयारी

झापा -झापाका एक दर्जनभन्दा बढी सहकारीमा चोरी तथा लुटपाट गर्ने गिरोहलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । आज इटहरीबाट ६ जनाको समूहलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । सहकारी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको सूचना सत्य भएको झापाका प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिए । झापासहित पूर्वका सहकारीहरुमा श्रृङखलावद्ध चोरी गर्ने समूहलाई झापा […]

Continue Reading

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा — भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको निर्यात रोकेको छ । नेपालका चिया उद्यमीहरुले यसबाट गम्भीर सङ्कट निम्तिने बताएका छन् । पूर्वीनाका काँकडभिट्टाबाट जाँचपास भएर भारतीय सीमावर्ती पानीटङ्की नाका पुगेको १७ ट्रक तयारी चिया आज भारतले रोकेको हो । चिया निर्यातको अनुमति नपाएर रोकिएका ती ट्रकहरु पानीटङ्कीको सडकमा असुरक्षित अवस्थामा […]

Continue Reading

इलाममा करेन्ट लागेर एक जनाको ज्यान गयो

७ बैसाख,झापा इलाममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । विजुलीको काम गर्ने क्रममा करेन्ट लागेर इलाम नगरपालिका-५ का ४२ वर्षीय दिलीप कुँवरको शुक्रबार दिउँसो ज्यान गएको प्रहरीले जनाएको छ । इलामको सन्दकपुर गाउँपालिका लैजाँदै गरिएको नयाँ विद्युतको पोलमा काम गर्ने इलाम नगरपालिका-८ स्थित महभीर टोलमा करेन्ट लागेको थियो । घटनाको सम्बन्धमा थप अनुसन्धान […]

Continue Reading

देशभर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ- झापा -आज देशभर बालबालिकाहरुलाई भिटामिन ‘ए’  क्याप्सुल खुवाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले आज र भोलि पाँच वर्ष मुनिका बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गरिरहेको हो । दुई दिनसम्म सञ्चालन हुने कार्यक्रममा भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका बालबालिका र जुकाको औषधि एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई […]

Continue Reading

भद्रपुरमा म्याजिक भ्यान र ट्याक्टर दुर्घटना, पाँच जना घाइते

झापा-मेची राजमार्ग अन्तरगत चारआली-भद्रपुर सडक खण्डमा म्याजिक भ्यान र ट्याक्टर ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परी म्याजिकमा सवार पाँच जना घाइते भएका छन् ।घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधबार दिउँसो ४ बजेको समयमा चन्द्रगढीबाट यात्रु बोकेर चारआलीतर्फ जाँदै गरेको प्र-१-०१-००१ ज ३६५८ नम्बरको म्याजिक भ्यान र […]

Continue Reading

आज रामनवमी, भगवान श्रीरामको पूजा आराधना गरी राम नवमी पर्व मनाइँदै

काठमाडौँ आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ । देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदै […]

Continue Reading

जीवन चक्र समाजले गर्यो शुभकामना आदानप्रदान

बेनुराज प्रसाईदमक/ झापाकाे दमकमा रहेकाे समाजिक संस्था जीवन चक्र समाजले आज आउदै गरेकाे नयाँ वर्ष २०८१ सालकाे शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । केही बर्ष अघिदेखि दमकमा समाजिक क्षेत्रमा सक्रिय देखिदै आएकाे समाजिक संस्था जीवन चक्र समाज नेपालले दमकमा रहेका विभिन्न संघसंस्थाहरुकाे उपस्थितिमा आज बिहान २०८० सालकाे बिधाई तथा आउदै गरेर्काे २०८१ सालकाे स्वागत […]

Continue Reading

झापामा भएको अटोरिक्सा दुर्घटनामा एकको मृत्यु ,एक गम्भीर घाइते

झापा – झापाको बिर्तामोड–३ बिर्ताबजारमा मंगलबार साँझ अटोरिक्सा पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । बिर्तामोडबाट गरामनी जाँदै गरेको प्र १–०१–००२ ह ६२१ नम्बरको अटो साँझ सवा सात बजे महेन्द्ररत्न मावि अगाडिको सडकमा अनियन्त्रित भइ पल्टिँदा ताप्लेजुङ घर भइ हाल बिर्तामोड ९ बस्ने ३६ वर्षीय भीमबहादुर तामाङको […]

Continue Reading

दमक खानेपानीमा सत्तारुढ र विपक्षी दलका उम्मेद्वार मैदानमा

दमक — झापाको दमकमा रहेको खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नयाँ नेतृत्वका लागि सत्तारुढ दल र बिपक्षी दल विच प्रतिष्पर्धा हुने देखिएको छ । आज सम्पन्न उम्मेद्वारी दर्तामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस बिरुद्ध नेपाली कांग्रेस र राप्रपाले तालमेल गरेका छन् । दुबै टिममा नपरेपछी राष्ट्रिय स्वतन्त्र पार्टी समिर्थित उम्मेद्वारले एकल उम्मेद्वारी हालेका […]

Continue Reading