उपनिर्वाचनमा सम्पूर्ण शक्तिका साथ परिचालन हुन एमालेको निर्देशन

ताजा समाचार राजनीति

झापा ।नेकपा एमालेको सचिवालय बैठकले आगामी मङ्सिर १६ गते ४४ पदमा हुन लागेको स्थानीय तहको उपनिर्वाचनमा उम्मेदवारलाई जिताउन सम्पूर्ण शक्तिका साथ परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन दिएको छ । शनिबार बसेको बैठकले सो उपनिर्वाचनका लागि तल्लो तहका कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम पनि अनुमोदन गर्ने निर्णय गरेको हो ।

बैठकपछि एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने–‘मङ्सिर १६ गते हुने उपनिर्वाचनका सन्दर्भमा प्रदेश कमिटीले सिफारिस गरेर पठाएका उम्मेदवारहरूको नाम अनुमोदन गर्ने निर्णय गरेको छ । सो निर्वाचनमा सिङ्गो पार्टी पङ्क्तिलाई सम्पूर्ण शक्तिका साथ परिचालित हुन निर्देशन दिइएको छ ।’

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *