एमाले गौरादह ४ अन्तर्गत दुईवटा टोल कमिटीको अधिवेशन सम्पन्न

ताजा समाचार राजनीति हाम्रो झापा

गौरादह ।नेकपा एमाले गौरादह वडा नम्बर ४ अन्तर्गत २ वटा टोल कमिटीको अधिवेशन बिहीबार सम्पन्न भएको छ।

नेकपा एमाले कोशी प्रदेश कमिटी सदस्य आनन्द कुमार लिम्बूको प्रमुख आतिथ्यता तथा जिल्ला सदस्य मित्र देव काफ्लेको उपस्थितिमा भएको अधिवेशनले मैदानघोपा टोल कमिटी क को अध्यक्षमा तुलसीराम ढकाल र ख मा लक्ष्मी उप्रेतीको अध्यक्षता कमिटी निर्माण गरेको एमाले नेता झरेन्द्र खतिवडाले जानकारी दिए।जस अन्तर्गत मैदानघोपा क को उपाध्यक्षमा खगेन्द्र भट्टराई ,सचिवमा युवराज प्याकुरेल र उपसचिवमा सुनिता भुजेल र प्रेमा गौतम खड्का चयन भएका छन ।भने मैदानघोपा ख को उपाध्यक्षमा नारायण प्रसाद न्यौपाने ,सचिवमा योगेश न्यौपाने र उपसचिवमा प्रतीक्षा कट्टेल विनु निरौला चयन भएको एमाले गौरादह ४ का वडा अध्यक्ष फडिन्द्र धमलाले जानकारी दिए। कलम रिजालको अध्यक्षतामा भएको टोल अधिवेशन कार्यक्रमको सञ्चालन छत्र बस्नेतले गरेका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *