तीन मन्त्रीको राजीनामा ‘बटमलाइन’ बनाएको एमालेको प्रधानमन्त्रीलाई अल्टिमेटम- तीन दिनभित्र जवाफ दिनुपर्छ

देश राजनीति

झापा — नेकपा एमाले संसदमा विपक्षी दलले तीन मन्त्रीको विषयमा उठाएको सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई तीन दिनभित्र जवाफ माग गरेको छ। आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सचेतक महेश बर्तौलाले आगामी बैठकमा आएर संसदमा उठेका विषयको जवाफ दिन माग गरे ।

उनले भने, ‘गत फागुन ६ गतेदेखि सरकारको ध्यानाकर्षण गराइरहेका छौं । हामीले नैतिक र सार्वजनिक विषयमा मन्त्रीहरुको राजीनामा मागिरहेका छौं । हामीले आजै आएर संसद बैठकमा जवाफ दिनुपर्छ भनेका हौं । तर, सरकारका मन्त्रीहरुसँग जोडिएको विषय भएकाले हाम्रो जवाफ सरकारसँग हो । हामीले सरकारले जवाफ माग्दा प्रतिरक्षा सरकार स्वयंले गरोस् भन्ने ठान्छौं । तर, अमुक माननीयहरुले आफूलाई प्रधानमन्त्रीकै तहमा उभ्याएर गरेको ठीक होइन । त्यो संविधानभन्दा बाहिरको कुरा हो । हामी सबै प्रतिपक्षीको तर्फबाट ६ गतेबाट उठाएका गम्भीर विषयमा अब बस्ने बैठकमा १३(१४ गते संसदले बनाएको क्यालेण्डरअनुसार सरकार नै छानेर आगामी बैठकमा उपस्थित भएर प्रतिपक्ष बेञ्चबाट उठाएको माग सम्बोधन गर्न माग गर्छु ।’

एमालेले बालकुमारी घटनामा मुख्य जिम्मेवार देखिएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, टेरामक्स घोटाला प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र लुम्बिनीको रामग्राम क्षेत्र लिजमा दिने पर्यटमन्त्री सुदन किराँतीको राजीनामा माग गर्दै आएको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *