झापामा एकैदिन तीन बिओपी उद्घाटन

ताजा समाचार प्रदेश समाज स्थानिय हाम्रो झापा

झापा । झापामा एकैदिन तीन वटा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन गरिएको छ । जिल्लाको कचनकवल गाउँपालिका– ५ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट डाँगावारि, गौरीगंज गाउँपालिका– ४ स्थित बिओपी अल्तावारी र गौरीगञ्ज गाउँपालिका– २ स्थित बिओपी लालमाटीमा स्थापना भएको बिओपीहरुको उद्घाटन गरिएको हो ।

गौरीगञ्जस्थित लालमाटी बुधबार आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्की, गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फुलवती राजवंशी, कोशी प्रदेश बराह बाहिनी सुनसरीका सशस्त्र प्रहरीका डीआइजी अन्जनीकुमार पोखरेलले संयुक्त रुपमा बिओपीहरुको उद्घाटन गरेका हुन् ।

सोही कार्यक्रममा बिओपी लालमाटीको लागि निःशुल्क ७ कट्ठा जग्गा प्रदान गर्ने विनीता नेम्बाङ लिम्बू, बिओपी आल्तावारीको लागि निःशुल्क ५ कट्ठा जग्गा प्रदान गर्ने बबिताकुमारी साह तथा बिओपी डाँगावारिको लागि निःशुल्क ७ कट्ठा जग्गा प्रदान गर्ने उपेन्द्रप्रसाद आचार्यलाई कदर–पत्र प्रदान गरिएको थियो । त्यस्तै बिओपी स्थापना गर्न सहयोग पु¥याउने तीनै पालिकाका विभिन्न व्यक्तिहरूलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

जिल्लाको शान्ति सुरक्षा, सीमा अतिक्रमण, सीमा अपराध नियन्त्रण, सीमा इलाका र सीमा स्तम्भहरूको रेखदेख तथा राजश्व सङ्कलन, चोरी, अवैध निकासी पैठारीमा नियन्त्रण गरी राजश्व अभिवृद्धि र विभिन्न आपराधिक गतिविधि नियन्त्रण गर्न सीमा इलाकामा ४ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बिओपीहरु स्थापना गरिएको छ । अन्य विभिन्न स्थानहरू १५ वटा बिओपीहरु स्थापना गर्नको लागि प्रस्ताव गरिएको छ । सीमासँग सम्बन्धी सम्पूर्ण गतिविधि तथा क्रियाकलापहरू सीमा स्तम्भहरूको अभिलेखीकरण, सुरक्षा, मर्मत–सम्भार, दशगजा अतिक्रमण नियन्त्रण लगायतका कार्यमा सशस्त्र प्रहरीले प्रभावकारी ढङ्गबाट कार्य सम्पादन गर्दै आएको नम्बर २ गण हेडक्वार्टर, झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्यालले जानकारी दिए ।

सीमा सुरक्षा तथा व्यवस्थापनलाई प्रभावकारी बनाउने सरकारको लक्ष्यअनुरूप विभिन्न चरणहरूमा गरी देशको अन्तर्राष्ट्रिय सिमानामा सशस्त्र प्रहरी बल, नेपालको प्रस्तावित सीमा सुरक्षा गुल्मसहित बोर्डर आउट पोस्टहरूको सङ्ख्यालाई ५०० वटा पु¥याउने योजना अनुसार बोर्डर आउट पोस्टहरूको स्थापना गरिएको हो। हालसम्म भारत र चीनतर्फ गरी देशभर २५० भन्दा बढी बोर्डर आउट पोस्टहरू स्थापना भइसकेका छन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक किशोर श्रेष्ठ, झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, नेपाली काँग्रेस जिल्ला सभापति देउमान थेबे, विभिन्न सङ्घसंस्था र राजनीतिक दलका प्रतिनिधिहरू, सञ्चारकर्मी, वडा अध्यक्षहरू, सीमा सहजीकरण समितिका पदाधिकारीहरू, समाजसेवी तथा स्थानीयहरूको उपस्थिति रहेको थियो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *