काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे नि:शुल्क उपचार सुरू

ताजा समाचार प्रदेश हाम्रो झापा

झापा/काेशी प्रदेशका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार साेमबारबाट सुरू भएकाे छ ।
मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा स्वास्थ्य मन्त्रालयले यसअघि नै नाेबेल शिक्षण अस्पताल, विराट शिक्षण अस्पताल, हाम्राे अस्पताल र प्रादेशिक अस्पतालसँग सम्झाैता गरेर उक्त उमेर समूहका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे हाे ।स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुधा देवकाेटाले नाेबेल शिक्षण अस्पतालबाट साेमबार अैापचारिक रूपमा बालबालिकाहरूकाे निःशुल्क उपचार सेवा सुरू गरेकी हुन् । ´प्रदेश सरकारकाे निःशुल्क उपचार सेवा काेशी प्रदेशमा स्थायी बसाेबास गर्नेले मात्रै पाउने छन्,उनले भनिन्, ´निःशुल्क उपचार सेवा लिन बालबालिका बिरामी हुने बित्तिकै नजिककाे स्वास्थ्य चाैकीमा उपचार गराउन लग्ने तर त्यहाँ नभएपछि नजिककाे अस्पतालमा रेफर गर्ने र अस्पतालमा पनि उपचार सम्भव नभएकाे अवस्थामा मात्रै निःशुल्क विशेषज्ञ सेवा लिन रेफरसहित यी ताेकिएकाे अस्पतालमा उपचारका लागि आउनुपर्छ ।
निःशुल्क आकस्मिक सेवा(इमेर्जेन्सी सेवा) लिनुपर्ने बिरामी बालबालिकाकाे स्थायी बसाेबास भएकाे खुल्ने सरकारी कागजात हुनुपर्ने सचिव देवकाेटाले बताइन् । निःशुल्क उपचार प्राप्त गर्ने बिरामी बालबालिकालाई जीवन बीमाले ताेकेबमाेजिमकाे अैाषधीसमेत प्रदेश सरकारले निःशुल्क उपलब्ध गराउने व्यवस्था भएकाे देवकाेटाले बताइन । झापाकाे भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा रिक्त रहेकाे बालराेग विशेषज्ञ चिकित्सक नियुक्त गरेर बालबालिकालाई निःशुल्क उपचार सेवा सुरू गरेकाे उनले सुनाइन् ।
मुख्यमन्त्री कार्कीले प्रदेशमा मानवीय विकासका लागि चालू आर्थिक वर्षका लागि प्रतिस्थापन विधेयकमार्फत ल्याएकाे बजेटमा १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचारकाे याेजना ल्याएर कार्यान्वयन गरेका छन् ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *