झापा/नेकपा माओवादी केन्द्र कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगको सहकार्य भंग हुने बताउनु भएको छ।
बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने चेतावनी दिनु भएको हो।
उहाँले भन्नभयो, ‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको छ। कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमायो। अहिले पनि हाम्रा उम्मेदवार पराजित भएको । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’
कार्कीलाई पाँच हजार ८६ ले पराजित गरी एमालेकी रूक्मणि कोइराला विजयी हुनु भएको थियो। गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्कीले जम्मा चार हजार ९९२ मत पाउनु भएको हो ।
कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेका थिए ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



