झापा । लामो दूरीको यात्रामा आरामदायी, सुरक्षित र सुविधासम्पन्न सेवा प्रदान गर्दै आएको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्स छोटो समयमै यात्रुमाझ लोकप्रिय बन्दै गएको छ। आधुनिक प्रविधियुक्त लक्जरियस बस तथा यात्रुमैत्री सेवाका कारण सिम्रीकका यात्रुबाहक बसहरू लामो दूरीको यात्रामा यात्रुको पहिलो रोजाइ बन्न थालेका हुन्।
स्थापनाको छोटो अवधिमै यात्रुको विश्वास जित्न सफल सिम्रीक यातायातले यात्रुको आवश्यकता, सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आफ्नो सेवा सञ्चालन गरिरहेको जनाएको छ। लामो दूरीको यात्रालाई सहज, सुरक्षित र मनोरञ्जनात्मक बनाउन बसभित्र आवश्यक आधुनिक सुविधा उपलब्ध गराइएको कम्पनीको भनाइ छ।
सिम्रीकका बसहरूमा अन्तर्राष्ट्रियस्तरको प्रविधिको प्रयोग गरिएको छ। यात्रुको आरामलाई विशेष ध्यान दिँदै लक्जरियस बस, आरामदायी सोफा सिट, एसी, पंखा लगायतका सुविधा उपलब्ध छन्। लामो समयसम्म बसमा यात्रा गर्दा यात्रुलाई थकान कम होस् भन्ने उद्देश्यले आरामदायी सिटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यात्राका क्रममा यात्रुको सेवाका लागि चिया तथा कफी समेत उपलब्ध गराउने व्यवस्था गरिएको छ।
सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्सका अध्यक्ष कुमार पाण्डे ले यात्रुको विश्वास नै कम्पनीको सबैभन्दा ठूलो पूँजी भएको बताए। यात्रुलाई राम्रो सेवा दिन सके मात्र यातायात व्यवसायमा दीर्घकालीन रूपमा अघि बढ्न सकिने उनको भनाइ छ।
पाण्डेका अनुसार कम्पनीले सुरुवातदेखि नै यात्रुको सुविधा र सुरक्षालाई केन्द्रमा राखेर सेवा सञ्चालन गर्दै आएको छ। “हाम्रो उद्देश्य केवल यात्रुलाई एक स्थानबाट अर्को स्थानसम्म पुर्याउनु मात्र होइन, यात्राका क्रममा उनीहरूलाई सुरक्षित, सहज र आरामदायी वातावरण प्रदान गर्नु पनि हो,” अध्यक्ष पाण्डेले भने।
त्यस्तै, कम्पनीका प्रबन्ध निर्देशक आयुष बोगटी ले आधुनिक प्रविधि र स्तरीय सेवाका कारण सिम्रीकले छोटो समयमै यात्रुको मन जित्न सफल भएको बताए। यात्रुको समय, सुविधा र सन्तुष्टिलाई ध्यानमा राखेर बस सञ्चालन गरिँदै आएको उनको भनाइ छ।
बोगटीका अनुसार यात्रुलाई लामो दूरीको यात्रा गर्दा घरबाट टाढा भएको अनुभूति नहोस् भन्ने उद्देश्यले बसभित्र आरामदायी वातावरण निर्माण गरिएको छ। एसी तथा आरामदायी सोफा सिटसँगै चिया–कफीको व्यवस्थाले यात्रालाई थप सहज बनाएको उनले बताए।
सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्सले पूर्वी नेपालका विभिन्न प्रमुख शहर तथा बजार क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्दै आएको छ। कम्पनीका बसहरू काँकडभिट्टा, रंगेली, धरान, विराटनगर, राजविराज, जनकपुर, मलंगवा र गौरीगञ्जबाट काठमाडौं सम्म सञ्चालनमा रहेका छन्। यसले पूर्वी तथा मध्य तराईका यात्रुलाई काठमाडौं आवतजावत गर्न थप सहज भएको कम्पनीको दाबी छ।
कम्पनीका प्रमुख कार्यकारी निर्देशक मनोज अधिकारी ले यात्रुको माग र आवश्यकतालाई ध्यानमा राख्दै सेवा विस्तारलाई प्राथमिकतामा राखिएको बताए। विभिन्न स्थानबाट काठमाडौंसम्मको यातायात सेवामा यात्रुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै आगामी दिनमा सेवा तथा गन्तव्य थप विस्तार गर्ने तयारी भइरहेको अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार यात्रुको विश्वास कायम राख्न समयमै गन्तव्यमा पुर्याउने, बसको नियमित मर्मतसम्भार गर्ने, यात्रुको सुरक्षालाई प्राथमिकता दिने तथा यात्रुमैत्री व्यवहारलाई निरन्तरता दिने कम्पनीको नीति रहेको छ। “यात्रुको सन्तुष्टि नै हाम्रो सफलताको आधार हो। यात्रुले एकपटक सेवा लिएपछि पुनः सिम्रीक नै रोज्ने वातावरण बनाउनु हाम्रो मुख्य लक्ष्य हो,” अधिकारीले भने।
पछिल्लो समय लामो दूरीका यात्रुले सामान्य बस सेवाभन्दा आरामदायी तथा सुविधासम्पन्न यातायात सेवा खोज्न थालेका छन्। विशेषगरी एसी, आरामदायी सिट, आधुनिक प्रविधि र यात्राका क्रममा आवश्यक आधारभूत सुविधाको उपलब्धताले यात्रुको रोजाइमा परिवर्तन ल्याएको देखिन्छ। यही परिवर्तित यात्रु चाहनालाई सम्बोधन गर्ने उद्देश्यले सिम्रीकले आफ्ना सेवाहरू सञ्चालन गरिरहेको जनाएको छ।
पूर्वी नेपालबाट काठमाडौंसम्म नियमित यात्रा गर्ने यात्रुका लागि सिम्रीकका बसहरू सुविधाजनक विकल्पका रूपमा स्थापित हुँदै गएको कम्पनीको दाबी छ। छोटो समयमै यात्रुबाट प्राप्त सकारात्मक प्रतिक्रिया र बढ्दो यात्रु चापले आफूहरूलाई थप जिम्मेवार भएर सेवा विस्तार गर्न प्रेरित गरेको कम्पनीका पदाधिकारीहरू बताउँछन्।
यात्रुको सुविधा, सुरक्षा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आधुनिक यातायात सेवा प्रदान गर्ने लक्ष्यका साथ अघि बढिरहेको सिम्रीक यातायात ट्राभल्स एण्ड टुर्सले आगामी दिनमा आफ्नो सेवा थप व्यवस्थित र विस्तार गर्ने तयारी गरिरहेको छ। आधुनिक प्रविधि, आरामदायी बस र यात्रुमैत्री सेवामार्फत लामो दूरीको यात्रामा आफ्नो छुट्टै पहिचान बनाउने लक्ष्यका साथ कम्पनी अघि बढिरहेको छ।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



