शेरबहादुर देउवा साउन २६ गते राति स्वदेश फर्किने तयारीमा

ताजा समाचार मुख्य समाचार राजनीति

झापा/नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङबाट साउन २६ गते नेपाल फर्किने तयारीमा रहेका छन्। उनीनिकट नेता प्रकाशशरण महत का अनुसार देउवा राति ९:४५ बजे काठमाडौं आइपुग्ने तय भएको छ।

तर देउवाका स्वकीय सचिव भानु देउवाले भने फर्किने मिति अझै अन्तिम रूपमा तय नभएको र साउन २६ वा २८ गतेमध्ये कुनै दिन हुन सक्ने बताएका छन्।

देउवा थप उपचारका लागि ७ चैत २०८२ मा सिंगापुरबाट हङकङ पुगेका थिए। यसअघि उनी १३ फागुनको राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका थिए।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *