कमल गाउँपालिकालाई विपद् तथा जलवायु उत्थानशील योजना पुस्तक हस्तान्तरण

ताजा समाचार मुख्य समाचार

झापा — कमल गाउँपालिकामा विपद् जोखिम न्यूनीकरण तथा जलवायु उत्थानशील विकासलाई संस्थागत रूपमा मजबुत बनाउने उद्देश्यले तयार गरिएको “बिपद तथा जलवायु उत्थानशील योजना (LDCRP)” सम्बन्धी पुस्तक आज औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
लुथरन सामुदायिक कल्याण समाज, रंगेलीको प्राविधिक सहयोगमा तयार गरिएको उक्त योजना पुस्तक एक कार्यक्रमबीच लुथरन सामुदायिक कल्याण समाजका अध्यक्ष जोसेफ सोरेनले कमल गाउँपालिका अध्यक्ष हुकुम सिंह राईलाई हस्तान्तरण गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत केशव कुमार ढकाल, विपद् फोकल पर्सन तथा स्वास्थ्य शाखा प्रमुख दिपक प्रसाद दाहाल, सि.अ.न.मी. प्रतीक्षा शाह लगायत स्थानीय तहका सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।
गाउँपालिकामा सम्भावित प्राकृतिक विपद्, जलवायु परिवर्तनबाट उत्पन्न चुनौती तथा जोखिमलाई न्यूनीकरण गर्दै पूर्वतयारी, प्रतिकार्य र उत्थानशील विकासलाई योजनाबद्ध रूपमा अघि बढाउन उक्त योजना पुस्तकले महत्वपूर्ण मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
स्थानीय सरकारको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्दै दीगो तथा सुरक्षित विकासका लागि यो योजना कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरिएको छ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *