कोसी प्रदेशका तीन जिल्लामा बर्ड फ्लु संक्रमण, ८५ हजार कुखुरा नष्ट

ताजा समाचार मुख्य समाचार

झापा । बर्ड फ्लुको समस्या देखिएपछि कोसी प्रदेशका तीन जिल्लामा करिब ८५ हजार कुखुरा नष्ट गरिएको छ ।

पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका वरिष्ठ पशु विकास अधिकृत डा. गंगाराम यादवका अनुसार, बर्ड फ्लु (एच ५एन १) को संक्रमण पुष्टि भएका तीन जिल्लाका २२ व्यावसायिक फार्ममा कुखुरा नष्ट गरिएको हो । प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्ड फ्लुको संक्रमण फैलिएको छ ।

वरिष्ठ पशु विकास अधिकृत डा. यादवका अनुसार, मोरङका आठ, झापाका दुई र सुनसरीका १२ फार्ममा बर्ड फ्लुको संक्रमण देखिएको हो । ७० हजार लेयर्स, सात हजार बोइलर प्यारेन्ट, एक हजार बोइलर, चार हजार चल्ला र दुई हजार ३२५ स्थानीय जातका कुखुरा नष्ट गरिएको छ । कुखुरासँगै ५७ हाँस, दुई लाख २७ हजार अण्डा र २८ हजार किलो दाना नष्ट गरिएको उनले बताए ।

संक्रमण थप फैलिन नदिन निर्देशनालयले फार्म वरपरको क्षेत्रमा उच्च सतर्कता अपनाउँदै पन्छिजन्य वस्तुको आयात निर्यातमा रोक लगाएको वरिष्ठ पशु विकास अधिकृत डा. यादवले बताए । विभागले संक्रमित क्षेत्रबाट पंक्षी तथा पंक्षीजन्य वस्तुको ओसारपसारमा पूर्ण रोक लगाउँदै अन्य जिल्लामा निगरानी बढाएको छ । एच ५ एन १ भाइरस पन्छिबाट मानिसमा सर्न सक्ने जोखिम रहेकाले यसप्रति सजग रहन निर्देशनालयले आग्रह गरेको छ । रासस

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *