‘कोशी पर्यटन वर्ष २०८२’ शुभारम्भ,पर्यटनबाट समृद्धि सम्भव हुने मुख्यमन्त्रीको भनाइ

आर्थिक ताजा समाचार स्थानिय


झापा /कोशी प्रदेश सरकारले २०८२ साललाई लक्षित गरेर बुधबारदेखि कोशी पर्यटन वर्षको शुभारम्भ गरेको छ। कोशी प्रदेशको विकास समृद्धि र पर्यटन प्रवर्धनका लागि आधारशिला खडा गर्ने मुख्य उद्देश्यसहित उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन वर्षको शुभारम्भ गरेका हुन्। तेह्रथुमको प्रसिद्ध तीनजुरे–मिल्के–जलजले क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ भएको हो ।
शुभारम्भ कार्यक्रममा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विशेष उपस्थितिमा उद्घाटन गर्दै पर्यटनले स्थानीय अर्थतन्त्र सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।सिंहले कोशी प्रदेशका प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाको उपयोग गर्दै समृद्धिको बाटोमा जग हाल्नुपर्नेमा जोड दिनुभयो।
कोशीटका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मन्डल मुलकको आर्थिक विकासमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण योगदान रहने भन्दै कोशीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान दिलाउन सहयोग पुग्ने जनाए
मूल आयोजक समितिका अध्यक्ष एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशको पर्यटन प्रवर्धन गर्ने र पर्यटनबाट नै राष्ट्रिय पुँजी विकास गरेर समृद्धि हासिल गर्न सकिने महत्त्वपूर्ण लक्ष्यसहित पर्यटन वर्ष सुरु गरिएको जनाए। उनले कोशी प्रदेशमा धार्मिक पर्यटनको पनि उत्तिकै सम्भावना भएको र यसका माध्यमबाट प्रदेशलाई समृद्धिमा लैजान सकिने आशा व्यक्त गरे। नेपालको पर्यटन प्रवद्र्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै यसका लागि संघीय सरकारले काम गर्नुपर्ने बताउनुभयो। पर्यटनको पूर्वाधार र नीति नियममा पनि सबैको चासो र सरोकार रहनुपर्ने उल्लेख गर्दै यसमा सबै राजनीतिक दलको सहयोगको अपेक्षा गर्नुभयो।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *