केपी ओली कप क्रिकेट आउँदो शनिवारदेखि पोखरामा शुरू हुँदै

खेलकुद ताजा समाचार

झापा /दोस्रो संस्करणको केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिता आउँदो शनिवार चैत २३ गतेदेखि हुने भएको छ । पोखरा रङ्गशालामा हुने प्रतियोगिता आउँदो वैशाख ५ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा १६ वटा टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा सीईसी काठमाण्डौ, हेटौँडा एसए, पोखरा महानगर सीसी र स्याङ्जा सीसी छन् । समूह ‘बी’ मा चितवन सीसी, ग्रेट हिमालय सीए, गण्डकी हिरोज सीसी र हिमालयन सीए छन् । समूह ‘सी’ मा लुम्बिनी खुकुरी सीसी, मधेश प्रदेश सीसी, हिमाल फ्रेन्ड्स सीसी र कर्णाली एकेडेमी छन् । समूह ‘डी’ मा सुन्दरहरैँचा आईसीसी, अत्तरिया सीए, मलपोखरी सीसी र होराइजन सीसी छन् ।
मदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । अघिल्लो संस्करणमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै मधेश प्रदेशले उपाधि जितेको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *