गौरादह-१ को अर्धवार्षिक साधारणसभा सम्पन्न

ताजा समाचार स्थानिय

झापा/गौरादह नगरपालिका वडा नम्बर १ को अर्धवार्षिक साधारणसभा सम्पन्न भएको छ  । वडाले चालू आर्थिक वर्षका आयोजनाहरुको अवस्था बारे वडावासीलाई जानकारी दिने उद्देश्यले आयोजना गरिएको सार्वजनिक सुनुवाइमा वडाभित्रका विभिन्न संघ / संस्था प्रतिनिधि, टोल बिकास संस्था प्रतिनिधि लगायतको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरिएको हो । उक्त अवसरमा सरोकारवालाले राखेका जिज्ञासाहरुको जवाफ दिँदै नगर प्रमुख छत्रपति सुवेदीले चालू आर्थिक वर्षमा सञ्चालन भइरहेका आयोजनाहरुको जानकारी दिँदै गौरादह चोक बजार क्षेत्रमा सार्वजनिक शौचालय निर्माणको कार्य तत्काल प्रारम्भ हुन लागेको जानकारी गराउनु भयो । फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउदै फोहोर प्रसोधन गर्ने संयन्त्र निर्माणमा नगरपालिका लागेको बताउनु भयो । संघीय सरकारको १८ करोड लागतमा सुविधासम्पन्न  नगर अस्पताल भवन  निर्माण कार्य  सुरु गरिएको बताउदै वहाँले पुर्वाधार विकासमा नगरपालिकाले योजनावद्व कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताउनु भयो । नगर उपप्रमुख जलवर्षा राजवंशीले बजार तथा पुर्वाधार अनुगमन, स्काउट गतिविधि तथा न्यायीक क्षेत्र सँग सम्बन्धित जिज्ञासाहरुको जवाफ दिनुभएको थियोे । 
स्थानीयले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै वडाध्यक्ष नगेन्द्र भण्डारीले गौरादह वडा नम्बर १ मा यस आर्थिकवर्षमा सञ्चालित योजना तथा वडास्तरीय कार्यक्रमहरुको बारेमा जानकारी गराउनु भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख गरिए अनुसार वडाले चालू आर्थिक वर्षको झण्डै ७५ % कार्य सम्पादन गरिसकेको पाइएको छ  । जस अन्तर्गत मुख्य सडक कालोपत्रे, कृषि तथा पशुपन्छि विकास कार्यक्रम लगायत शिक्षा, स्वास्थ्य तथा खानेपानी लगायतका विषय छन् । 
अर्ध वार्षिक उपलब्धि बारे चर्चा गर्दै वडाध्यक्ष नगेन्द्र भण्डारीले स्थानीय तहको समग्र बिकास प्रणालीलाई जनसहभागीताको महत्त्वपूर्ण भुमिका रहने बताए । निर्माण सम्पन्न भएका पुर्वाधारको संरक्षणमा समेत जनसहभागिता रहनुपर्ने बताउदै सबैखाले सार्वजनिक सम्पत्तिको संरक्षणमा स्थानीयवासीमा सचेतना जाग्न आवश्यक रहेकोे धारणा व्यक्त गरे । 

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *