कमलमा ‘प्रथम कमल एमाले कप’फुटबल प्रतियोगिता शुरु

खेलकुद ताजा समाचार हाम्रो झापा

झापा / नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडा स्तरीय नक आउट ‘प्रथम कमल एमाले कप’ नकआउट फुटबल प्रतियोगितामा आज बाट सुरु भएको छ ।
कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बाट सन्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ बिजयी भएको हो । निर्धारित समयमा दुबै टिम बाट गोल रहित बरावर भएपछि ट्राई ब्रेकरमा वडा नम्वर २ विजयी भएको हो ।

दोश्रो खेलमा वडा नम्बर ४ –३ गोल गर्दै वडा नम्वर ७ विजयी भएको छ । विहीबारको खेल वडा नम्वर १ र वडा नम्वर ३ बिच दिनको दिउँसो दुई बजे खेल हुने छ । विजेता टिमसंग दिउँसो ३ बजे वडा नम्वर ५ सँग खेलहुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोश्रो हुने टिमले नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र पाउने छ । म्यान अफ द म्याचले ३ हजार नगद सहित कप र प्रमाणपत्र पाउने छन् त्यस्तै वेस्ट स्ट्राइकर ,वेष्ट मिडफिल्डर, वेष्ट गोल किपर, वेस्ट डिफेन्डर र म्यान अफ द सिरजले नगद २ हजार रुपैयाँ सहित कप र प्रमाणपत्र पाउने नेकपा एमाले कमल गाउँ कमिटीका अध्यक्ष हरि ढकालले जानकारी दिनु भयो ।

प्रतियोगिता उद्घाटन कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्किले नेकपा एमालेले रचनात्मक कार्यक्रम गर्दै युवाहरुलाई पार्टी संग जोड्न यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनु भयो । प्रतियोगित उद्घाटनका समयमा नेकपा एमालेका केन्द्र, प्रदेश र पालिकाका नेताहरुको समेत उपस्थिती रहेको थियो ।

नेकपा (एमाले), केन्द्रिय कमिटीले माघ, फागुन र चैत्र तीन महिना वडा केन्द्रित जरा अभियान सञ्चालन गरेको छ । जरा अभियान अन्तर्गत बिभिन्न सङ्गठन निर्माणका साङ्गठनिक कार्यका अतिरिक्त एक रचनात्मक कार्य गर्न निर्देशन भए बमोजिम कमल गाउँ कमिटीले पहिलो पटक युवाहरू बिच रचनात्मक कार्य गर्न लागेको केन्द्रिय कमिटी सदस्य तथा झापा क्षेत्र नम्बर ५ इन्चार्ज दीपक कार्कीले बताउनु भयो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *