विराटनगर । प्रेस चौतारी मोरङ शाखाको अध्यक्षमा चीना थापा निविरोध निर्वाचित भएका छन् ।
शनिबार विराटनगरमा सम्पन्न प्रेस चौतारी मोरङको ९ औं जिल्ला अधिवेशनबाट थापा अध्यक्ष चयन भएकी हुन् ।
नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारीको उपाध्यक्षमा सशांक पौडेल र रन्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी र राजकुमारी तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
प्रेस चौतारी मोरङको कोषाध्यक्षमा पुन्य पी अधिकारीसहित सदस्यहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।
What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



