राजन चापागाईं
कमल/नेपाल रेडक्रस सोसाईटी कमल उपशाखाको नयाँ कार्यसमिति चयन भएको छ ।
आज सम्पन्न निर्वाचनबाट अध्यक्ष चन्द्र शाहको सभापतित्वमा समिति चयन भएको हो ।समितिको
उपाध्यक्षमा नरमाया तामाङ, सचिव पारसमणि राई, उपसचिव बिष्णु आङदेम्बे, कोषाध्यक्ष प्रमोद दाहाल, उपकोषाध्यक्षसन्तोष राई निर्बाचित भएका छन ।
त्यस्तै सदस्यहरुमा बिमला भट्टराई, रविन कार्की, केशव तिम्सिना, एकराज प्याकुरेल, दिलु कुमारी गुरुङ निर्वाचित भएका निर्वाचन अधिकारी प्रकाशचन्द्र खरेलले बताए ।
निर्वाचनमा निर्वाचित सबै एमाले बाहेकका उम्मेदवार रहेका थिए ।

What do you feel about this post?
0%

Like
0%

Love
0%

Happy
0%

Haha
0%

Sad
0%



