विराटनगरमा प्रेस चौतारीको राष्ट्रिय महाधिवेशनको तयारी सुरु

ताजा समाचार राजनीति

विराटनगर /विराटनगरमा हुने प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनको तयारी सुरु भएको छ ।

‘समृद्धिका लागि सञ्चार, प्रेस चौतारीको आधार’ भन्ने नाराका साथ आगामी फागुन २५-२७ सम्म हुने राष्ट्रिय महाधिवेशन तयारीका लागि शुक्रबार विराटनगरमा तयारी बैठक बसेको हो । एमाले स्थायी कमिटी सदस्य तथा प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमको उपस्थितिमा बैठक बसेको हो ।

बैठकले महाधिवेशन स्थल, महाधिवेशन प्रतिनिधि, अतिथिहरुको आवासको प्रवन्धलगायत व्यवस्थापकीय कार्यको अध्ययन गरी प्रतिवेदन तयार गर्न केन्द्रीय सचिव विक्रम लुइँटेलको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको छ ।प्रतिवेदनका आधारमा महाधिवेशन स्थल र प्रतिनिधि, अतिथि, पर्यवेक्षकहरुको व्यवस्थापनको कार्य सुरु गरिने प्रचार तथा प्रकाशन विभागका प्रमुख गौतमले जानकारी दिए ।

प्रमुख गौतमले कोशी प्रदेशका जिल्ला र प्रदेश अधिवेशन अन्य प्रदेशभन्दा अगाडि सम्पन्न गर्नुपर्ने भएकाले सोही अनुसार जिल्ला र प्रदेश अधिवेशन सम्पन्न गर्न आग्रह गरे । कोशी प्रदेशका जिल्लाहरुको अधिवेशन माघ १४ भित्र र प्रदेश अधिवेशन माघ २५ भित्रमा सम्पन्न गर्ने केन्द्रीय समितिको निर्णय भएकाले सोही अनुसार सम्पन्न गर्न उनले आग्रह गरे ।

बैठकमा केन्द्रीय प्रचार विभागका सदस्य लीलाराज भट्टराई, प्रेस चौतारी केन्द्रीय चौतारी सचिव विक्रम लुइँटेल, प्रचार तथा प्रकाशन विभाग कोशी प्रदेशका उपप्रमुख भीम राई ज्वाला, मोरङ प्रमुख सन्तोष बान्तवा राईलगायत प्रेस चौतारीका विभिन्न तहका नेताहरु, प्रचार तथा प्रकाशन विभाग कोशी र मोरङका सदस्यहरुको सहभागिता रहेको थियो । महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ । यसअघि २०६९ मा प्रेस चौतारीको राष्ट्रिय महाविधेशन विराटनगरमा गरिएको थियो ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *