कोशीमा संकटग्रस्त सहकारी व्यवस्थापनका लागि समिति गठन

ताजा समाचार प्रदेश राजनीति


विराटनगर । प्रदेश सरकार मातहत रहेका संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि कोशी प्रदेश सरकारले समिति गठन गर्ने भएको छ ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले संकटग्रस्त सहकारीको व्यवस्थापनका लागि समिति गठन गर्ने निर्णय गरेको हो । बैठकले समितिको काम कर्तव्य र अधिकार पनि टुंगो लगाएको छ ।प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीले सहकारी व्यवस्थापन सहितसहित १० वटा निर्णय गरेको जानकारी दिए ।
मन्त्रिपरिषदको बैठकले खानेपानी तथा सरसाफाइ सम्बन्धमा व्यवस्था बनेको विधेयक सभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको छ ।कोशी प्रदेश वन ऐन २०७७ लाई संसोधन गर्न बनेको विधेयक र कोशी प्रदेश वातावरण संरक्षण ऐन २०७६ लाई संसोधन गर्न बनेको विधेयक कोशी प्रदेश सभा सचिवालयमा विधेयकको रुपमा पेश गर्ने निर्णय गरेको छ ।
पाथिभारा क्षेत्र विकास समिति, वृहत बराह क्षेत्र विकास समिति र हलेसी महादेवस्थान विकास समिति गठन आदेश पहिलो संशोधन आदेश २०८१ लाई स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *