दमक/नीजि विद्यालयको संगठन प्याब्सन दमकको तेस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले नविन योगीको नेतृत्वमा समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा मित्र खत्री, सचिवमा लक्ष्मी नेपाल, सहसचिवमा बिनोद बुढाथोकी, कोषाध्यक्षमा एलिजा सिटौला, सहकोषाध्यक्षमा यमुना कार्की रहेका छन् । यस्तै सदस्यहरुमा माधव भट्टराई, सागर सुब्बा, दीपेन्द्र पौडेल लगायत चयन भएका थिए ।
अधिवेशन उद्घाटनका अवसरमा प्याब्सनका केन्द्रीय उपाध्यक्ष नारायण घिमिरेले निजी विद्यालयमाथि सरकारको दृष्टिकोण सकारात्मक नभएको बताएका थिए । अधिवेशन नगर समितिका अध्यक्ष जर्नादन मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Share