अपराध र ठगी गर्नेलाई सरकारले छाड्दैन : प्रधानमन्त्री ओली

Share

झापा ।सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले समाजमा फैलाएको भ्रम चिर्न भन्दै शुक्रबार काठमाडौँको दरबारमार्गस्थित नारायणहिटी संग्राहलय अगाडी जागरण सभाका नाममा आफ्नो शक्ति प्रदर्शन गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका एमाले नेता कार्यकर्ताहरू भद्रकालीमा जम्मा भएर ¥यालीसहित वीर अस्पताल, जय नेपाल हुँदै दरबारमार्ग पुगेर सभामा परिणत भएका थिए ।
सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो नेतृत्वको सरकारमाथि लागेको आरोपहरूको खण्डन मात्रै गरेनन् समाजमा अराजकता मच्चाउने, सामाजिक सद्भाव र विद्वेष फैलाउने तथा जनतालाई भ्रममा पार्ने काम भइरहे पनि जनता भ्रमित नहुने तर्क गरे ।
प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकममा आफूले ३२ अर्बभन्दा बढी लगानी गरेको भनेर भइरहेका प्रचारलाई फाल्तु कुराको संज्ञा दिए । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ओलीले ३२ अर्ब बढी लगानी गरेको भनेर लगाएको आरोपलाई यस्ता फाल्तु कुराका पछि लाग्न नहुने बताए ।
त्यस्तै प्रसाईंले बैङ्कको ऋण तिर्नुपर्दैन भनेर चलाएको हल्लालाई अराजकताको संज्ञा दिए । जनता कसैको भ्रममा नपर्ने उल्लेख गर्दै ओलीले कसले कति कमाएको छ भन्ने जनतालाई थाहा भएको तर्क पेस गरे ।
प्रधानमन्त्री ओलीले सभालाई सम्बोधन गर्दै कुलमान र रास्वपालक्षित टिप्पणी पनि गरे । एमाले र आफ्नो सरकारलाई भ्रष्टाचार र ठगी सैह्य नहुने चेतावनी दिँदै समाजमा अराजकता र भ्रम फैलाउनेहरूलाई यो सरकारले नछोडने बताए ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई कसैले हल्लाउन नसक्ने दाबी समेत गरे । यसअघि सरकार दसैँ, तिहार, मङ्सिर टिक्दैन भनेर हल्ला फैलाएको र अहिले फागुन नकट्ने भनेर भइरहेका प्रचारमा कुनै सत्यता नभएको भन्दै वर्तमान गठबन्धन २०८४ को निर्वाचनसम्म रहने ठोकुवा गरे । उनले अब आफू १८ महिना र त्यसपछि शेरबहादुर देउवा १८ महिना प्रधानमन्त्री भएर सरकार चलाउने दोहो¥याए ।
प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण आगामी मङ्सिर १७ गतेबाट हुने घोषणा गरे । ओलीको चीन भ्रमणको चर्चासँगै चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बारे भइरहेका चर्चालाई चिर्दै ओलीले उक्त परियोजना अनुदान अन्तर्गत कार्यान्वयन गर्न सकिने तर ऋण लिने नसकिने प्रस्ट पारे ।

ताजा समाचार