झापा ।सरकारले बाढी पहिरोले पुर्याएको जनधनको क्षतिप्रति राष्ट्रिय शोक घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा अमेरिकाबाट फर्केलगत्तै बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले विपद्मा राष्ट्रीय शोकको घोषणा गर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले तीन दिन राष्ट्रिय झण्ड आधा झुकाउने निर्णय गरेको छ । मन्त्रीहरुको १ महिनाको पारिश्रमिक सहयोग गर्नुका साथै विपद कोषमा १ अर्ब रुपैया उपलब्ध निकासा गर्न निर्णय समेत बैठकले गरेको छ ।
बाढी पहिरोका विस्थापितहरुलाई स्थानीय तहको समन्वयमा बस्ने ब्यवस्था मिलाउनुका साथै घाइतेहरुको निशुल्क उपचार गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले जानकारी दिनभयो ।