दमक ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमककाे आज देखि वार्षिक साधारण सभा शुरु गरेको छ ।
भदौं२३ गते देखि २६ गते सम्म इकाईगत साधारण सभा चल्ने छ । भदौ२३ गते दमक १,८,९,र१०का शेयर सदस्य वीच संस्थाको सभाहलमा साधारण सभा भएको छ । २४ गते दमक४,५,र६ का शेयर सदस्यहरु वीच ,२५ गते दमक २,३र ७का,संस्थाकै सभाहलमा,दमक २स्थित बेलडाँगी क्षेत्रका सदस्यहरुका लागि बेलडाँगी मन्दिरमा, शेयर सदस्यहरु बीच इकाईगत साधारण सभा गरिने छ । २६ गते भने माइन्युट प्रमाणिकरण सभा हुने संस्थाका कर्जा विभाग प्रमुख ईश्वर नेपालले जानकारी दिए । साधारणासभाकाे उद्घाटन कार्यक्रममा प्रमुख अतिथि जिल्ला सहकारी संघ झापाका अध्यक्ष गणेश ढकालले दीप प्रज्जवल गरेर वार्षिक साधारण सभाको शुभारम्भ गरे । संस्थाकै सभाहलमा आयोजना गरिएको इकाईगत साधारण सभामा सूर्यदर्शनका अध्यक्ष टिकाराज सापकोटाले अध्यक्ष प्रतिवेदन प्रस्तुत गरेका थिए । यसै गरी सोही साधारण सभामा लेखा सुपरिवेक्षण समितिको संयोजक डिल्लीराम मुखियाले पनि लेखा प्रतिवेदन प्रस्तुत गरे । इकाइ गत साधारण सभामा संस्थाको बिनियम,निति तथा कार्यविधिहरु पनि संशोधन पछि पारितका लागि पेश भएको प्रवन्ध निर्देशक अरुण भण्डारीले जनाए । कार्यक्रममका प्रमुख अतिथि सहकारी संघ झापाका अध्यक्ष ढकालले सहकारी क्षेत्रमा देखिएको अविश्वासको समयमा पनि सूर्यदर्शनले प्रगति गरेको प्रति प्रशंसा गर्दै शेयर सदस्यहरुले सञ्चालक र कर्मचारीहरुलाई निरन्तर खबरदारी गर्नु पर्ने बताए । सहकारी क्षेत्रमा देखिएको निरासालाई चिर्दै सहकारी संस्थाले निति विधिमा रहेर कारोवार गर्र्नु पर्ने अध्यक्ष ढकालको भनाई रहेको छ । दमक ६का वडा अध्यक्ष टेक बहादुर थापा,डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष तुलाराम न्यौपाने र सूर्यदर्शनका सचिव कमल प्रसाद नेपाल लगायतले सहकारीकाकाे विद्यमान अवस्थाका बारेमा धारणा राखेका थिए ।