गौरादह नगर अस्पतालमा भिडियो एक्सरे सेवा शुरु

ताजा समाचार स्वास्थ्य हाम्रो झापा

गौरादह
झापाको गौरादह नगर अस्पतालमा भिडियो एक्सरे सेवा शुरु भएको छ । नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले सेवाको सुभारम्भ गरेका थिए । बढ्दो बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालमा भिडियो एक्सरे र इन्डाेर सेवा शुरु गरिएको हो ।
सेवा सुभारम्भ कार्यक्रममा सुवेदीले गौरादहमा सुविधासम्पन्न अस्पताल निर्माणका लागि यसै वर्षदेखि काम अघि बढेको बताएका थिए । उनले अब अस्पतालका लागि प्राप्त भएको जग्गामा भवन निर्माणको थालनी हुने जानकारी गराए । कार्यक्रममा नगर उपप्रमुख जलवर्षा राजबंशी, नगर प्रवक्ता नगेन्द्र भण्डारी, प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडाले गुणस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालमै पाइने बताएका थिए । अहिले हरेक दिन बिभिन्न बिशेषज्ञ चिकित्सकहरुले सेवा दिइरहेका छन् । गौरादह नगरपालिका स्वास्थ्य शाखाका सहसंयोजक गोविन्द श्रेष्ठका अनुसार अस्पतालमा दैनिक ओपिडि सेवा, प्रयोगशाला, एक्सरेको सेवा छ । यस्तै नियमित खोप सेवा, परिवार नियोजन सेवा, एकिकृत बालरोग व्यवस्थापन सेवा, कुपोषित बालबालिकाको उपचार सहितका कार्यक्रम सञ्चालनमा छन् । अस्पतालमा आमा सुरक्षा कार्यक्रम, ८ हप्ता सम्मको गर्भपतन, क्षयरोग, कुष्ठरोग सम्बन्धी सेवा, रेबिज बिरुद्धको खोप, डेँगु, मलेरिया, काराजारको जाँच, फार्मेसी, इसीजी सेवा अहिले सञ्चालनमा छन् । नगर प्रमुख छत्रपति सुवेदीका अनुसार अस्पताल निर्माणका लागि गौरादह १ मा डेढ बिगाह जग्गाको व्यवस्थापन भइसकेको छ । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत सञ्चालनमा छ ।

What do you feel about this post?

0%
like

Like

0%
love

Love

0%
happy

Happy

0%
haha

Haha

0%
sad

Sad

0%
angry

Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *