एमाले झापाको सदस्यमा १० जना मनोनित

Share

झापा /नेकपा (एमाले) झापाले १० जनालाई जिल्ला कमिटी सदस्यमा मनोनित गरेको छ । आज सम्पन्न जिल्ला कमिटीको दोस्रो पूर्ण बैठकले सदस्यहरु मनोनित गरेको सचिव तुलसी कार्कीले जानकारी दिए ।

उनका अनुसार हरि ढुंगाना, बोधप्रसाद घिमिरे, बोधराज न्यौपाने, देविन्द्र चमलागाई, दिपेन्द्र लम्साल, प्रविन पोखरेल, शान्ता गौतम,तुलसा काफ्ले, गौरी राजवंशी र चन्द्रमाया तामाङलाई जिल्ला सदस्यमा मनोनित गरिएको छ ।

उनले बैठकले जनवर्गीय संगठनहरुको इञ्चार्ज तोकेको बताएका छन् । टे«ड यूनियन महासंघको इञ्चार्जमा हरि अधिकारी, अखिल नेपाल किसान संघ बिमल निरौला, अनेमसंघ पवित्रा पाठक, अनेरास्ववियु मनोज ताम्ली, राष्ट्रिय युवा संघ सागर पोर्तेल, जनसांस्कृतिक महासंघ भुपाल शिवाकोटी, खेलकुद महासंघ भवानी बराल, आदिवासी जनजाति महासंघ सुरेन राजवंशी, पेशागत महासंघ जगत न्यौपाने, मुक्ति समाज छविलाल विश्वकर्मा, मुस्लिम इत्तेहाद संगठन मोहम्मद इस्लाम अन्सारी, प्रेस चौतारी मनकुमार गदाल, भूमिहीन हडाम मूर्मु, लोकतान्त्रिक अपांग संगठन यसोदा बराल, बुद्धिजीवी परिषद् नर्वदा गौतम उप्रेती, प्रगतिशिल पेशागत कानुन व्यवसायी अग्नी कार्की, भूतपूर्व सैनिक तथा प्रहरी संगठन बलभद्र कोइराला, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ रिङकुमार आचार्य, प्रगतिशिल इन्जिनियर्स एशोसियसन रोशन थोप्रा, मानव अधिकार एलायन्स मिना कुमारी कोइराला, रिटर्नी फेडेरेशन सुनिता खरेल र पीछडा वर्गको इञ्चार्जमा विणा शाहलाई जिम्मेवारी प्रदान गरिएको सचिव कार्कीले जानकारी दिए ।

यस्तै, विभाग तर्फ शिव ढुङगेल स्थानीय विकास विभाग, तुलसी कार्की संगठन , दिपेन्द्र लम्साल निर्वाचन, प्रेम गिरी पार्टी स्कुल, कमल गुरागाई वित्त तथा कोष व्यवस्थापन, रेणुका डाँगी सहकारी, तुलसी मैनाली कानुन, अर्जुन कार्की पर्यटन, द्रौपति गणेश भूमि व्यवस्था, निशा लिम्बु युवा तथा खेलकुद, खेमनाथ मिश्र वन तथा वातावरण, विनोद राना विपद व्यवस्थापन, दिपक गौतम शिक्षा विज्ञान तथा प्रविधि, सहि कुमार राई श्रम तथा रोजगार, मिना विश्वकर्मा सामाजिक सेवा र भूपाल शिवाकोटीलाई साहित्य कला तथा सांस्कृतिक विभागको संयोजकको जिम्मेवारी प्रदान गरिएको छ ।

बैठकले क्षेत्र नं. १ को संयोजकमा कृष्ण खनाल, २ मा बद्री भट्टराई, ३ मा लक्ष्मण पाठक, ४ मा धनबहादुर थेवे र ५ मा नारायण गौतमलाई जिम्मेवारी प्रदान गरेको सचिव कार्कीले जानकारी दिए ।

सचिव कार्कीका अनुसार २८ सदस्यीय सचिवालय गठन गरिएको छ ।

यस्तै, सचिव तुलसी कार्कीको संयोजकत्वमा जिन्सी सामान मुल्याङकन समिति गठन गरिएको छ । त्यसको सदस्यहरुमा कार्यालय सचिव छविलाल विश्वकर्मा, लेखा समिति संयोजक राजेन्द्र भट्टराई रहेका छन् ।
बैठकले सल्लाहकार परिषदको संयोजकमा आरके खनाललाई जिम्मेवारी प्रदान गरेको छ ।

सोही बैठकमा निवर्तमान जिल्ला इञ्चार्ज विशाल भट्टराई र हालै इञ्चार्जको जिम्मेवारी प्राप्त गर्ने रोमनाथ ओलीलाई स्वागत तथा विदाई गरिएको बताइएको छ ।

ताजा समाचार