कमलमा अपांगता सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न

Share

कमल । झापाको कमल गाउपालिकामा अपांगता रोकथाम तथा पुनः स्थापना कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण सम्पन्न गरेको छ ।कमल गाउपालिकाको आयोजना तथा सामाजिक बिकाश मन्त्रालय कोशी प्रदेश प्रदेश करुणा फाउडेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशको सहकार्यमा अभिमुखीकरण सम्पन्न भएको हो ।
जन्मजात तथा जन्मपश्चात हुने अपांगता न्यूनिकरण एबं अपांगता भएका ब्यतिmसहितको समाबेशी समाजको निर्माण गर्ने लक्ष्यले गाउँपालिकामा कार्यक्रम सञ्चालन गरेको हो ।
कमल गाउँपालिकामा राष्ट्रिय जनगणना २०७८ अनुसार अपाङगता भएका ब्यतिm एक हजार एक सय ३० रहेकोमा एक सय ९६ जनाले रातो,२ सय ७१ जनाले निलो,पचास जनाले पहेँलो र पचास जनाले सेतो अपाङगताको परिचयपत्र प्राप्त गरेको भएपनि अझै ६३ जनाले परिचय पत्र पाएका छैनन् ।

ताजा समाचार