२३ साउन,काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकार तत्पर रहेको बताए ।
उनले देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न पनि सोही अनुसारको ऐन आवश्यक परेको बताए । उनले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन आवश्यक भएको बताए।
भ्रष्टाचार न्यूनीकरण र अन्त्यका लागि उक्त ऐनमा संशोधन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले गल्ती गर्ने कसैको अनुहारसमेत नहेर्ने बताए।
What do you feel about this post?

Like

Love

Happy

Haha

Sad



