भ्रष्टाचार नियन्त्रणमा सरकार प्रतिबद्ध प्रधानमन्त्री ओली

Share

२३ साउन,काठमाडौ ।प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणका सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले कसैप्रति पूर्वाग्रह नराख्ने बताए । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र निवारणमा प्रभावकारिता अभिवृद्धि गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्दै स्वच्छता, पारदर्शिताका साथ मुलुकमा सुशासन कायम गर्न सरकार तत्पर रहेको बताए ।

उनले देशलाई विकासको बाटोमा अघि बढाउँदै समृद्धि हासिल गर्न पनि सोही अनुसारको ऐन आवश्यक परेको बताए । उनले भ्रष्टाचार निवारण ऐन २०५९ मा संशोधन आवश्यक भएको बताए।

भ्रष्टाचार न्यूनीकरण र अन्त्यका लागि उक्त ऐनमा संशोधन आवश्यक रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले गल्ती गर्ने कसैको अनुहारसमेत नहेर्ने बताए।

ताजा समाचार